विप्लव समूहसँग वार्ता तयारी गर्दै सरकार

Newslaya Home

विप्लव समूहसँग वार्ता तयारी गर्दै सरकार

सोमबार ३०, असार २०७६

काठमाडौं । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी विप्लव समूहसँग वार्ताको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यसको जिम्मा ओलीले नेकपाका महासचिव विष्णु पौडल र तत्कालीन वार्ता संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएका छन् ।