न्युजिल्यान्डका कप्तान विलियम्सन बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी

Newslaya Home

न्युजिल्यान्डका कप्तान विलियम्सन बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी

सोमबार ३०, असार २०७६

काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

विश्वकप उपाधि नजिक पुगेर पनि सुपर ओभरमा समेत बराबरी हुँदै बाउन्ड्री (चौका) मा इंग्ल्यान्डसँग हार्दै उपविजेतामै न्युजिल्यान्डले चित्त बुझाएको छ । न्युजिल्यान्डलाई यो स्थानसम्म ल्याउन कप्तान केनले ठूलो भूमिका खेलेका थिए ।

उनले यो विश्वकपमा ५७८ रन बनाए । यो क्रममा उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए ।