विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

Newslaya Home

विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

सोमबार ३०, असार २०७६

काठमाडौंं । इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले हात पारेको छ । सुपर ओभरमा पुगेको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इङ्ल्यान्ड विश्व च्याम्पियन बनेको हो ।

इङ्ल्यान्डले विश्वकप जितेको यो पहिलो पटक हो । विश्वकप जित्ने टिममा इंग्ल्यान्ड छैटौँ देश बनेको छ । योभन्दा पहिले वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले विश्वकप जितेका थिए ।

न्युजिल्यान्डको टिमले लगातार दोस्रो विश्वकपमा हार व्यहोर्नु पर्यो । यसअघि उसले फाइनलमा अष्ट्रेलियासँग हार व्यहोरेको थियो ।

फाइनल खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले पनि ५० ओभरमा २४१ रन नै बनायो । त्यसपछि खेल सुपर ओभरमा प्रवेश गर्यो ।

सुपर ओभरमा इंग्ल्यान्डले पहिले ब्याटिङ् गर्दै १५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले पनि १५ रन नै बनायो ।

त्यसैले खेलमा सबैभन्दा धेरै बाउन्ड्री लगाएको आधारमा इंग्ल्यान्ड च्याम्पियन बन्यो ।