प्रदेश १ सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

Newslaya Home

प्रदेश १ सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

आइतबार २९, असार २०७६

विराटनगर । प्रदेश १ सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई नगद दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत दिनेलगायत निर्णय गरेको हो ।

सरकारले बाढी तथा पहिरोमा परी घाइते भएकाहरुको सरकारी अस्पतालमा उपचार गर्ने र त्यसको सम्पूर्ण खर्च व्यहोर्ने, निजी अस्पतालमा उपचार गराउनेलाई बढीमा ५० हजार रुपैयाँसम्मको बिल भुक्तानी गरिदिने भएको छ ।

प्रदेश सरकारले बाढी पीडितका लागि राहत, उद्धार, पुनःस्थापना तथा बेपत्ताहरुको खोजीकालागि सबैसंग अपिल समेत गरेको छ ।