न्यूजिल्याडद्वारा इंग्ल्याण्ड सामु २४२ रनको लक्ष्य प्रस्तुत

Newslaya Home

न्यूजिल्याडद्वारा इंग्ल्याण्ड सामु २४२ रनको लक्ष्य प्रस्तुत

आइतबार २९, असार २०७६

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप उपाधिका लागि न्यूजिल्याण्डले आयोजक राष्ट्र इंग्ल्याण्डलाई २४२ रनको दिएको छ ।

लण्डनस्थित लर्ड्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको हो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले ५५, टम लथामले ४७ तथा कप्तान केन विलियमसनले ३० रन बनाए । इंग्ल्याण्डका लागि लियाम प्लंकेट र क्रिस वोक्सले समान ३र३ विकेट लिए ।


दुवै टोलीले अहिलेसम्म एक दिवसीय विश्वकपमा उपाधि जित्न सकेका छैनन् । उपाधि जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्नेछ ।