कोशीको ६ वटा ढोका बन्द गरियो

Newslaya Home

कोशीको ६ वटा ढोका बन्द गरियो

आइतबार २९, असार २०७६

काठमाडौं । कोशी नदीको ६ ढोका बन्द गरिएको छ । कोशी नदीमा पानीको वहाव नियमित भन्दा बढेको भएपनि नियन्त्रण बाहिर नभएको स्थानीय प्रहरीले जनाएको छ ।

अहिले पानीको वहाव ३ लाख १६ हजार ७४५ क्युसेक रहेको प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालले जानकारी दिए । एसएसपी किशोरकुमार दाहालका अनुसार पानी नियमित अवस्थाको भन्दा बढेको भएपनि अहिले खतराको अवस्था छैन ।

उनले हिजो कोशी व्यारेजका ५२ वटा ढोका खोलिएकोमा अहिले ४३ वटा खोलिएको समेत जानकारी दिए ।