फेसबुकमाथि ५ अर्ब डलर जरिवाना

Newslaya Home

फेसबुकमाथि ५ अर्ब डलर जरिवाना

शनिबार २८, असार २०७६

काठमाडौं । अमेरिकी नियमकले डेटा गोपनियता उल्लंघन गरेको भन्दै फेसबुकलाई ५ अर्ब डलर जरिवना गर्न अनुमति दिएको छ । अमेरिकी मिडियाका अनुसार केम्ब्रिज एनालिटिकाले फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको छ ।


यो जरिवानालाई न्याय मन्त्रालयले स्वीकृत गर्न बाँकी छ । यसो भएमा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिवाना हुनेछ ।

तर यसबारे अहिलेसम्म फेसबुक र एफटीसी दुबैले टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।