इटहरीका मेयरले भत्काए आफ्नै घरको पर्खाल

Newslaya Home

इटहरीका मेयरले भत्काए आफ्नै घरको पर्खाल

मङ्गलबार २४, असार २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरको पर्खाल भत्काएका छन् । स्कारभेटर लाएर इटहरी लबिपुरको घर भत्काएका हुन् ।

सडक मिचेर बनाएका संरचना भत्काउने अभियानमा रहेका उनको घरको पर्खालले पनि सडक मिचेको थियो । आफ्नै घरको पर्खाल भत्काएका उनले अब इटहरीका विभिन्न ठाउँमा सडक, पैनी, खोला मिचेर बनाएका संरचना भत्काउने अभियान थाल्ने जनाएका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Dhan kumar Yakhaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार २४, असार २०७६
राम्रो गर्नु भयो ।