राहुल गान्धीले दिए राजीनामा

Newslaya Home

राहुल गान्धीले दिए राजीनामा

बुधबार १८, असार २०७६

काठमाडौँ । भारतीय काँग्रेस अध्यक्षको पदबाट राहुल गान्धीले राजीनामा दिएका छन् ।

बुधवार राहुलले राजीनामाको घोषणा गर्दै भर्खरै सम्पन्न लोकसभा चुनावको हारको जिम्मा पनि आफैले नै लिएका छन् । काँग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसलाको जरुरी पर्ने बताउँदै राहुलले नयाँ नेतृत्वले पार्टीको साहस, प्रेम र इमानदारीलाई अझ बढाउने विश्वास व्यक्त गरेका छन् ।

राजीनामा दिएलगत्तै राहुलले नयाँ अध्यक्ष छान्ने जिम्मा एउटा समूहलाई दिइनुपर्ने बताएका छन् । त्यही समूहले नयाँ अध्यक्षको चयन गर्ने उनले भनेका छन् ।