जापान सरकारले अविरल वर्षापछि ६ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

Newslaya Home

जापान सरकारले अविरल वर्षापछि ६ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

बुधबार १८, असार २०७६

काठमाण्डौ । जापानको उत्तरपश्चिमी राज्यमा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जनाइएको छ ।

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो ।

कागोशिमा शहरमा बुधबार बिहान ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि जनाइएको छ । भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जानसक्ने सम्भावना पनि रहेको चेतावनी दिदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको हो ।

अबिरल रुपमा परेको यो वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ ।