रूसी सैन्य पनडुब्बीमा आगलागी हुँदा १४ जनाको मृत्यु

Newslaya Home

रूसी सैन्य पनडुब्बीमा आगलागी हुँदा १४ जनाको मृत्यु

बुधबार १८, असार २०७६

मस्को । रूसी सेवेरोमोस्र्क शहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा आगलागी हुँदा कम्तीमा १४ जना रूसी सैनिक कर्मचारीको मृत्यु भएको मस्कोले मङ्गलबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पनडुब्वीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।”

जहाजमा भएको आगलागीका कारण निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या हुँदा उनीहरूको मृत्यु भएको हो । सोमबार उक्त घटनाबारे रूसी अधिकारीले अनुसन्धान शुरू गरेको बताएका छन् ।