रिलिज अगावै लिक भयो ‘स्पाइडरम्यानः फार फ्रम होम’

Newslaya Home

रिलिज अगावै लिक भयो ‘स्पाइडरम्यानः फार फ्रम होम’

मङ्गलबार १७, असार २०७६

काठमाडौं । चलचित्र ‘स्पाइडरम्यानः फार फ्रम होम’ अनलाइनमा लिक भएको छ ।

अमेरिका तथा भारतमा रिलिज हुनु अगावै चलचित्र अनलाइन फाइल सेयरिङ साइटमा लिक भएको हो ।

चलचित्र गत साता चीनसहित‍का केहि एसियाली राष्ट्रमा रिलिज भएको थियो । प्रारम्भिक रूपमा चलचित्रमा चीनबाट लिक भएको अनुमान गरिएको छ । रिलिज भएको चलचित्रलाई कुनै क्यामराबाट खिचिएको अनुमान गरिएको छ ।

चलचित्रले चीनमा १०० मिलियन अमेरिकी डलरको सुरुवाती कारोबार गरेको छ । चलचित्र अमेरिकामा जुलाई २ मा रिलिज हुनेछ भने भारत लगायतका बजारमा जुलाई ४ मा रिलिज हुनेछ ।

यसरी लिक भएको चलचित्र भने पूरा अवधिको नभएको बताइएको छ ।