२०७६ आषाढ १७ गते मंगलबारको राशिफल

Newslaya Home

२०७६ आषाढ १७ गते मंगलबारको राशिफल

मङ्गलबार १७, असार २०७६

मेष । जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृष । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन । शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कर्कट । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।

सिंह । शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला । मनोरञ्जनमा सहभागीता भइएला । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

वृश्चिक । अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

धनु । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । स्वास्थ्यमा सुधार आउला ।

मकर । जोश,जाँगर र हिम्मत बढ्ला । नयाँ कार्यको थालनी होला । शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।