काठमाडौंमा हुने आइफा २० औं संस्करणमा अमिताभ बच्चन आउने

Newslaya Home

काठमाडौंमा हुने आइफा २० औं संस्करणमा अमिताभ बच्चन आउने

सोमबार १६, असार २०७६

काठमाण्डौ । भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २०औं संस्करणमा बलिउड अभिनेता अमिताभ बच्चनसमेत आउने भएका छन् ।

आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चन र ‘खान’ अभिनेताहरूमध्ये एक जना आउने भनेर प्रारम्भिक जानकारी दिइएको छ ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउनेछन् जसका लागि दोहोरो हवाई टिकट तथा स्थानीय आवतजावत, होटल र खानपिन सुविधासमेत नेपाल सरकारले उपलब्ध गराउनुपर्नेछ ।