२०७६ आषाढ १६ गते सोमबारको राशिफल

Newslaya Home

२०७६ आषाढ १६ गते सोमबारको राशिफल

सोमबार १६, असार २०७६

मेष । श्रमको उचित मुल्याङ्कन हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सन्तान सुख मिल्नेछ ।

वृष । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन । गरेका काममा ढिलासुस्ती हुनेछ । सहकर्मीबाट विरोध आउला । कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कर्कट । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

सिंह । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । भूमिबाट लाभ रहला ।

कन्या । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

तुला । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

वृश्चिक । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ ।

धनु । आर्थिक कारोवारमा सफलता पाइएला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मकर । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । नयाँ काम सुरु गर्ने समय छ ।

कुम्भ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

मीन । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।