झापामा करेन्ट लागेर हात्तीको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर हात्तीको मृत्यु

शनिबार १४, असार २०७६

झापा । झापामा करेन्ट लागेर हात्ती मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान करेन्ट लागेर हात्ती मरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताएका छन् ।