एसइइमा चिट धन्दा, चोर्न जान्ने उत्कृष्ठ !

Newslaya Home

एसइइमा चिट धन्दा, चोर्न जान्ने उत्कृष्ठ !

- रोजिना खतिवडा
शुक्रबार १३, असार २०७६

पहिले पहिले फलामको ढोका मानिने एसएलसी अहिले चिट चोर्ने एसइईमा परिणत भएको छ । पहिलेका मानिसहरुले एसएलसीलाई एकदमै डरलाग्दो परीक्षा र समस्याको रुपमा हेर्ने गरेका थिए ।

फलामे ढोका मानिएको एसएलसी पास गरेपछि मात्र क्याम्पस पढ्न पाईन्थ्यो । त्यसैले पनि यसको महत्व बढी थियो । त्यसैले कडीकडाउ पनि बढी हुन्थ्यो ।

तर, अहिले एसइइलाई वास्ता गरिन्न । त्यसैले निकै खुकुलो सुरक्षा व्यवस्था अपनाइन्छ । चिट चोर्न सिक्ने अखडाको रुपमा विकास भएको छ । हुन पनि किन नहोस्, एसइईका विद्यार्थीहरुलाई १० कक्षामा पुगेलगत्तै चिट चोर्न विभिन्न स्कुलहरुले तालिम नै दिन्छन् । अनि चिट चोर्नलाई सहयोग गर्छन् ।

परिक्षा भइरहेका बेला शिक्षक स्वयम् आफ्ना स्कुलका विद्यार्थी भएका ठाउँमा गएर गाइड बुक दिने गर्छन् । आफ्नो स्कुलका विद्यार्थीले राम्रो अंक ल्याउन् भनेर शिक्षकहरुले रकम दिएर परिक्षा सेन्टर नै किन्ने गरेको पाइन्छ ।

के यस्तो तरिकाले हाम्रो देशको शिक्षा राम्रो होला त ? के यसरी चिट चोरेर परिक्षामा राम्रो अंक ल्याएका विद्यार्थीहरुको भविष्य उज्वल होला त ?
हिजो मात्र एसइई परिक्षाको नतिजा सार्वजनिक भयो । मैले चिनेका धेरै भाइबहिनिहरुलाई उनीहरुको नतिजा सोधेँ, धेरै जसोले ए प्लस ल्याएको बताए । ती ए प्लस ल्याउने मध्ये कतिपय यस्ता विद्यार्थी पनि थिए, जो पढाईमा खासै जान्ने होइनन् । तर उनीहरुले कसरी त्यत्रो नम्बर ल्याउन सके ?

परीक्षामा कडीकडाउ नगरिँदा आउने नतिजाले जान्ने र नजान्ने छुट्याउन सकेको छैन । एसइईमा चिट चोर्ने विद्यार्थी जतिसुकै नजान्ने भएपनि राम्रो अंक ल्याइरहेका हुन्छन् भने चिट चोर्न नसक्ने विद्यार्थीले जान्ने नै भएपनि तुलनात्मक रुपमा कम अंक ल्याउँछन् ।
त्यसैले एसइई परिक्षाको मर्यादा राख्नको लागि परीक्षालाई कडिकडाई गर्नुपर्छ ।

यस्तै पहिले धेरै प्रतिशत अंक ल्याउनेलाई नेपाल टप भनेर सम्मान गरिन्थ्यो तर अहिले ग्रेडिङ सिस्टम लागु गरिएको छ । ४ जिपिए अर्थात् ए प्लस ल्याएका विद्यार्थीहरु थुप्रै छन् । अब उनीहरुलाई कुन आधारमा नेपाल टप भनेर घोषणा गर्ने ? तर पनि नेपाल टप भनेर विभिन्न ठाउँबाट दावी गरिएका समाचारहरु आइरहन्छन् । यसले आम मानिसलाई भ्रमित बनाइरहेकोछ ।

3 प्रतिकृयाहरू प्राप्त
  • Namrataलेख्नुहुन्छ
  • |
  • शनिबार १४, असार २०७६ ०७:३८
Keep it up
  • Abhishekलेख्नुहुन्छ
  • |
  • सोमबार १६, असार २०७६ १२:२४
Ghar xeu ko Bhai bahini chai ko raicha Didi?? Nice News ?
  • Rajesh basnetलेख्नुहुन्छ
  • |
  • बिहीबार २६, असार २०७६ ०८:१३
Sahai ho..yek dam thi lagk hai kura chai..roji