असार १६ गते अमेरिका जाँदै प्रदेश १ का मुख्यमन्त्री

Newslaya Home

असार १६ गते अमेरिका जाँदै प्रदेश १ का मुख्यमन्त्री

शुक्रबार १३, असार २०७६

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भ्रमणका लागि अमेरिका जाने भएका छन् ।

मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ (असार २०, २१ र २२ गते) मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

आगामी असार १६ गते अमेरिका गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम तय भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री राईको भ्रमण स्वीकृत गरेको हो ।