२०७६ आषाढ १३ गते शुक्रबारको राशिफल

Newslaya Home

२०७६ आषाढ १३ गते शुक्रबारको राशिफल

शुक्रबार १३, असार २०७६

मेष । विद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन । जोश जाँगर र हिम्मत वढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

कर्कट । कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

सिंह । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

कन्या । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

तुला । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक । आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ ।

धनु । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला ।

मकर । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला ।

कुम्भ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।