२०७६ आषाढ ११ गते बुधबारको राशिफल

Newslaya Home

२०७६ आषाढ ११ गते बुधबारको राशिफल

बुधबार ११, असार २०७६

मेष । मानसिक चिन्ता बढ्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनेछ ।

वृष । आफन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन । दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मिथुन । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या । आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

तुला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृश्चिक । धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला ।

मकर । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

कुम्भ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख हुनेछ ।

मीन । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।