राजनीतिक चुनावको झल्को दिने व्यापारीको चुनाव (फोटोफिचरसहित)

Newslaya Home

राजनीतिक चुनावको झल्को दिने व्यापारीको चुनाव (फोटोफिचरसहित)

मङ्गलबार १०, असार २०७६

इटहरी । आउँदो असार १४ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको चुनावको आज मंगलबार मनोनयन दर्ता गर्ने दिन । तर यो दिन व्यापारीहरुको भीड देख्दा कुनै राजनीतिक चुनावभन्दा कम थिएन ।

नेकपा समर्थित शैलेश विष्टको प्यानल र काँग्रेस समर्थित भीम पौडेलको प्यानलले मंगलबार छु्ट्टा छुट्टै मनोनयन दर्ता गरे । तर मनोनयन दर्ता गर्दै गर्दा देखिएको भीड र रवाफले राजनीतिक दलको चुनावको झल्को दिएको थियो ।

पन्चै बाजा बजाएर र पार्टी समर्थकहरुको समेत लर्को लगाएर दुवै पक्षले मनोनयन दर्ता गरेका थिए । कतिपयले यो रवाफलाई भड्कीलो भन्दै आलोचनासमेत गरेका थिए । कतिपयले भने स्थानीय चुनावको तयारीका रुपमा समेत लिएका छन् ।