२०७६ आषाढ १० गते मंगलबारको राशिफल

Newslaya Home

२०७६ आषाढ १० गते मंगलबारको राशिफल

मङ्गलबार १०, असार २०७६

मेष । सामान हराउने वा चोरी हुने भयछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजकता अपनाउनु होला ।

वृष । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

मिथुन । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कर्कट । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

सिंह । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

तुला । नयाँ कमको थालनी हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

वृश्चिक । शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

धनु । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । कार्य अधुरै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मकर । आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ ।

कुम्भ । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

मीन । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।