दुई करोड भ्रष्टाचार गरेको अभियोगमा नासुमाथि मुद्दा दायर

Newslaya Home

दुई करोड भ्रष्टाचार गरेको अभियोगमा नासुमाथि मुद्दा दायर

सोमबार ०९, असार २०७६

काठमाडौँ । दुई करोड भन्दा बढी भ्रष्टाचार गरेका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराई माथि मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भट्टराईले पदमा रहँदा स्रोत नखुलेको दुई करोड आठ हजार पाँच सय चालिस रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेदेखि पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता तथा कमिसन आय, कृषि आय, घर बहाल, जग्गा, शेयर बिक्री, भत्ता, कर्जाबाट एक करोड चौध लाख ९१ हजार एक सय आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।