कारबाहीमा परे विराट, अभद्र व्यवहार गरेको आरोप

Newslaya Home

कारबाहीमा परे विराट, अभद्र व्यवहार गरेको आरोप

आइतबार ०८, असार २०७६

काठमाडौं । भारतीय टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको २९ औं ओभरमा जबरजस्ती एलबीडब्लुको अपिल गरेको र एम्पायरलाई औला ठड्याएको भन्दै उनी माथि आईसीसीले जरिवाना गरेको हो ।

आईसीसीले विराटलाई कारबाही स्वरुप म्याच फिको २५ प्रतिशत जरिवाना गरेको छ ।

अनुशासन भंग गरेसँगै कोहलीले एक नम्बर डिमेरिट अंकसमेत पाएका छन् । भारतीय कप्तान विराट कोहलीले आफूले गल्ती गरेको स्वीकार गरिसकेको आईसीसीले उल्लेख गरेको छ ।