उदयपुर गोल्ड कपको उपाधि एपीएफलाई

Newslaya Home

उदयपुर गोल्ड कपको उपाधि एपीएफलाई

आइतबार ०८, असार २०७६

उदयपुर। उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्ड कपको उपाधि एपीएफले जितेको छ ।

थरुहट रङ्गशालामा भएको खेलमा एपीएफले १–० गोलले गोर्खाज ब्वाइज क्लब बुटवल रूपन्देहीलाई पराजित गरेको हो ।

शनिवारको उपाधि भिडन्तको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा एपीएफका लागि स्टाइकर श्याम नेपालीले गरेको गोल निर्णायक गोल बन्न पुग्यो ।

जितसँगै एपीएफले ५ लाख राशिको पुरस्कार प्राप्त गरेको छ । खेलको उपविजेता बनेको उपविजेता गोर्खा ब्वाइजले नगद ३ लाख र ट्रफी प्राप्त गर्‍यो ।


खेलको उत्कृष्ट खेलाडी एपीएफका राजेन्द्र रावल भए । उनले नगद ५० हजार र ट्रफी पाए । त्यसै गरी म्यान अफ दि म्यान एपीएफका श्याम नेपालीले भए । उनले ७ हजार नगद, ट्रफी पाए । प्रतियोगिता अवधिभरिकै उत्कृष्ट रक्षापंक्तिका खेलाडीमा गोर्खा ब्वाइजका विदेशी खेलाडी पेपे, उत्कृष्ट मिडफिल्डरमा गोर्खा ब्वाइजका नितिन थापा, उत्कृष्ट फर्वाडमा एपीएफका नवीन लामा, उत्कृष्ट प्रशिक्षक एपीएफका सुदीप श्रेष्ठ भए ।

उनीहरूले जनही नगद १५ हजार र ट्रफी प्राप्त गरे । त्यसै गरी उदीयमान खेलाडीमा आयोजक उदयपुर ११ का सुदीप श्रेष्ठ भए । उनले नगद १५ हजार पाए । प्रतियोगिताभरि सबैभन्दा बढी गोल गर्ने गोर्खा ब्वाइजका फोफोना भए । उनले ३ गोल गरेर सर्वाधिक गोलकर्ताको पुरस्कार नगद १५ हजार र ट्रफी प्राप्त गरे ।