‘व्यवसायिहरुको लागि उत्साहपुर्वक दिनरात काम गर्नेछु ’ : रितेश श्रेष्ठ

Newslaya Home

‘व्यवसायिहरुको लागि उत्साहपुर्वक दिनरात काम गर्नेछु ’ : रितेश श्रेष्ठ

शुक्रबार ०६, असार २०७६

अहिले उद्योग वाणिज्य संघ इटहरीको चुनावी सरगर्मी बढेको छ । असार १४ गते हुने निर्वाचनका लागि शैलेसकुमार विष्ट समुहको समुहबाट वाणिज्यतर्फका सदस्य पदका उम्मेदवार रितेश श्रेष्ठसँग गरेको कुराकानीः

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

खासगरी अहिले त अब ब्यवसायी हरुको हकहितको लागि बाणिज्यतर्फको सदस्य पदको उम्मेद्वार भएको छु । अहिले प्रत्येक पसल, उध्योग तथा अन्य सबै ब्यबसायीहरु सङ्ग प्रत्यक्ष भेटेर आफ्नो एजेण्डा तथा प्रतिबद्धता राख्दै मत माग्ने काममा व्यस्त छौं ।

तपाइको उम्मेदवारी किन ?

ब्यबसायिक क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभब छ मसङ्ग । धेरै उध्योगी ब्यबसायीहरुसङ्ग नजिकको सम्बन्ध छ । ब्यवसायिको हक हितको लागि नहुँदा पनि मैले व्यवशयीहरुलाई भैपरी आउने समस्यामा साथ दिएको छु ।

युबा ब्यबसायी भएको हिसाबले ब्यबसायिको समस्या राम्ररि बुझेर हल हुन्छ भन्ने कुरामा ब्यबसायी साथिहरु पनि ढुक्क हुनुहुन्छ । जितेपछी झन अधिकार सहित काम गर्न उत्साह थपिन्छ ।

तपाईंको व्यवशायिक पृष्ठभूमीको बारेमा बताइदिनु न ।

२०३२ सालमा इटहरीमा मेरो जन्म भएको हो । त्यती बेला संगीत चौकमा हाम्रो एउटा काठको घर थियो । बाबाले त्यही चौकमा घडी रेडियो बनाउने पसल सन्चालन गर्नुभएको थियो ।

त्यति बेला बाबाको पसलमा म दिनभरी स्कुल गएर पडेर बचेको समय बाबालाई सघाउन जान्थेँ । त्यसै क्रममा मैले पनि घडी बनाउन सिकेँ र बाबाले नभ्याएको समय म आफै हेर्थेँ ।

मैले २०५१ सालबाट आफैले कोशी घडी रेडियो सर्भिस नामाकरण गरेर व्यवशाय सुरु गरेँ । भिडियो क्यामेरा आयो र मैले त्यतिबेला बिहेमा भिडियोहरु खिँच्न थालेँ । मैले इटहरीका निकै पुराना सिनियर ब्यबसायीहरुको पनि बिहेको भिडियो खिँचेको याद आउँछ मलाई । पछि मैले बिस्तारै होटल ब्यबसायमा हात हालेँ ।

जित्ने माहोल कत्तिको छ ?

ढुक्क छु । धेरै ब्यबसायिलाई मैले नजिकबाट चिनेको छु । म धेरै सामाजिक संस्थाहरुमा पनि संलग्न भएर काम गरेकाले साथिहरुले मलाई राम्रो सङ्ग चिन्नुहुन्छ । कति साथिहरु त आफ्नो ठाउँबाट मलाई जिताउन अभियान नै चलाई राख्नु भएको छ ।

तपाईं समाजसेवा र ब्यबसाय दुबै क्षेत्रमा हुनुहुन्छ । समयलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ?

म सामाजिक गतिबिधी र कार्यक्रममा बढी नै रुचि राख्छु । म रेडक्रस को सदस्य पनि हु । र होटेल ब्यबसायी सङ्घको उपाध्यक्ष भएर पनि काम गरेको छु । होटेल ब्यवसायी सङ्घको केन्द्रीय सदस्य पनि भएँ । मेरो खास रुचि चै खेलकुद क्षेत्र हो । म अखिल नेपाल खेलकुद महासंघको पनि अध्यक्ष भएर काम गरिसकेको छु ।

इटहरी रंगशाला बनाउने कुरामा र रंगशालाको जग्गा प्राप्ती गर्ने कुरामा योगदान गरेको छु । मैले पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सदस्य छु । यी सबै क्षेत्रलाई धेरै ठाउँ दिनु पर्दैन । व्यवशायमा पनि आफै लागेर काम गर्नुनपर्ने हुँदा समय दिन सक्छु ।

2 प्रतिकृयाहरू प्राप्त
  • मनोज निरौलालेख्नुहुन्छ
  • |
  • शुक्रबार ०६, असार २०७६ ०९:५१
जितको अगृम सुभकामना ।।
  • मनोज निरौलालेख्नुहुन्छ
  • |
  • शुक्रबार ०६, असार २०७६ ०९:५१
जितको अगृम सुभकामना ।।