पेट्रोलियम पदार्थको मुल्य घट्यो

Newslaya Home

पेट्रोलियम पदार्थको मुल्य घट्यो

सोमबार ०२, असार २०७६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ । हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाइएको हो । नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टितेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।