चेल्सी छोडेर युभेन्टसमा गए माउरिजिओ सारी

Newslaya Home

चेल्सी छोडेर युभेन्टसमा गए माउरिजिओ सारी

सोमबार ०२, असार २०७६

काठमाडौं । माउरिजिओ सारीले इटालियन सिरी फुटबल च्याम्पियन युभेन्नटसको प्रशिक्षक बन्नका लागि चेल्सी छोडेका छन् । इंग्लिस क्लब चेल्सी छोडेर उनले इटालियन क्लबसँग तीन वर्षको सम्झौता गरेका हुन् ।

सन् २०१८ को जुलाईमा इटालियन क्लब नापोलीबाट उनी चेल्सी आएका थिए । चेल्सी हालै सकिएको सिजनमा प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रह्यो । यस्तै युरोपा लिग फुटबलको उपाधि चेल्सीले जित्यो सारीको प्रशिक्षणमा ।

६० वर्षका सारीलाई भित्र्याउनका लागि युभेन्टसले चेल्सीलाई पाँच मिलियन पाउण्ड ‘कम्पनसेसन’ तिर्ने सहमति भएको बताइएको छ । सारीले मासिमिलियानो एलेग्रीलाई प्रतिस्थापित गर्ने छन् ।