२०७६ आषाढ ०२ गते सोमबारको राशिफल

Newslaya Home

२०७६ आषाढ ०२ गते सोमबारको राशिफल

सोमबार ०२, असार २०७६

मेष । स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृष । रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

कर्कट । शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला ।

कन्या । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

तुला । छोटो दुरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।

वृश्चिक । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु । यात्रामा मालसामान हराउन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

मकर । रमाइलो यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन । चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।