प्रदेश १ सरकारले कर्मचारीलाई नेपाल घुम्न २५ हजार रुपैया दिने

Newslaya Home

प्रदेश १ सरकारले कर्मचारीलाई नेपाल घुम्न २५ हजार रुपैया दिने

आइतबार ०१, असार २०७६

इटहरी । प्रदेश १ सरकारले प्रदेशका कर्मचारीलाई नेपाल घुम्न पैसा दिने भएको छ ।

सरकारले ६ दिनको छुट्टीसहित २५ हजार रुपैया दिने भएको हो ।

आइतबार प्रदेश संसदमा अर्थमन्त्री इन्द्र आङ्बोले प्रस्तुत गरेको बजेटमा पर्यटन प्रबद्र्धनका लागि यस्तो व्यवस्था गरिएको हो ।

सरकारले प्रदेशमा एक वर्ष काम गरिसकेका कर्मचारीहरुलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार रुपैया दिने बजेट बक्तव्यमा उल्लेख छ ।