रात्रीकालिन एरिना प्रीमियर लिग : बिराटनगरद्वारा बेलबारी पराजित

Newslaya Home

रात्रीकालिन एरिना प्रीमियर लिग : बिराटनगरद्वारा बेलबारी पराजित

आइतबार ०१, असार २०७६

इटहरी । एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाई २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ ।

एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १८ बलमा २८, दिपक पासवानको १५ बलमा १७, पुष्प थापाले १४ बलमा १७ रन बनाएका थिए ।

बेलबारीका लागि प्रबेश कामतिले ३, सचिन कटवालले २ विकेट लिएका थिए । विराटनगरले दिएको लक्ष्य पछ्याएको बेलबारीले १२ ओभरमा ८ विकेट गुमाउदै ८२ रनमा समेटियो । बेलबारीका लागि सुवेदीले ११ बलमा ३३ रन बनाएका थिए ।

बिराटनगरका लागि फिर्दोस अन्सारीले ३ ओभरमा ७ रन दिएर ३ विकेट लिए भने श्रवण यादब र अमृत सिंहले समान १, १ विकेट लिएका थिए । बिराटनगरका फिर्दोस अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ । समुह ए मा त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी छन् । त्यस्तै समुह बी मा एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी छन् । प्रतियोगिता यही जेठ ३२ देखि असार ९ सम्म सन्चालन हुनेछ ।