उवासंघ शैलेष विष्ट नेतृत्वको उम्मेदवारको औपचारिक घोषणा

Newslaya Home

उवासंघ शैलेष विष्ट नेतृत्वको उम्मेदवारको औपचारिक घोषणा

शुक्रबार ३१, जेठ २०७६

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको शैलेष विष्ट नेतृत्वको उम्मेदवारको औपचारिक घोषणा भएको छ ।

शुक्रबार इटहरीमा एक कार्यक्रम गरि विष्ट नेतृत्वको उम्मेदवारको औपचारिक घोषणा गरिएको हो । जसमा वाणिज्यतर्फ टंक प्रसाद खनाल, कमल पौडेल, फडिन्द्र मगर देवराज मादेन, मानव न्येउपाने, भोला निरौला, रितेश श्रेष्ठ, राजन खनाल, लक्ष्मि धिताल, उमानाथ पौडेल, सुरेश कार्की रहेका छन् ।

त्यस्तै उद्योगतर्फ राजेन्द्रकेशरी घिमिरे, राजन भेट्वाल, बज्र लिम्बु, किसन रवेडिया तथा महिला तर्फ रन्जु सिक्देल, पुनम थापा मगर सदस्यका उम्मेदवार छन् ।

यसैगरी एशोसिएटमा सुदीप घिमिरे रहेका छन् ।

विष्ट नेतृत्वले व्यवसायिहरु समक्ष रु. १० लाखसम्मको निःशुल्क बीमा गराउने, फोहोर व्यवस्थापनका लागि व्यवसायीहरूलाई डस्टबिन उपलब्ध गराउने, अडिटरको टिम बनाई कारोबार खातालाई व्यवस्थित गर्न समूहगत रूपमा तालिम सञ्चालन गर्ने। साथै वाणिज्य सङ्घको भवनमा कानुनी परामर्श फाँट स्थापना गर्ने ।, इटहरी बजार साप्ताहिक रूपमा बिहीवार वा शनिवारमध्ये एउटै बार बन्द गराउन लागिपर्ने ।
लगायतका प्रतिबद्धताहरु गरेको छ ।