उदयपुर गोल्डकप शनिबारदेखि सुरु हुँदै

Newslaya Home

उदयपुर गोल्डकप शनिबारदेखि सुरु हुँदै

बिहीबार ३०, जेठ २०७६

उदयपुर । छैठौं उदयपुर गोल्डकप जेठ ३२ गते शनिबार देखि सुरू हुने भएको छ।

गाईघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।

प्रतियोगितामा जम्मा ८ वटा टोलीको सहभागिता रहने छ । जसमा आयोजक उदयपुर ११ सहित एपीएफ, संकटा, नेपाल पुलिस, रुपन्देही, मोरङ, सुनसरी र झापा ११ छन् ।

प्रतियोगिताको उद्घाटन खेल एपीएफ काठमाडौं र न्यू स्टार सुनसरीबीच हुनेछ। खेल दिउँसोको ३ बजे सुरू हुनेछ।

प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्षले जानकारी दिएका छन् ।