मादीमा १३ वर्षपछि फोन

Newslaya Home

मादीमा १३ वर्षपछि फोन

शनिबार २५, जेठ २०७६

संखुवासभा । संखुवासभाको मादीमा १३ वर्षपछि ल्याण्डलाइन फोन जोडिएको छ । २०६२ सालदेखि त्यहाँ फोन सुविधा थिएन ।

मर्मत अभावमा फोन बन्द थियो । मादीको ओखरबोटे बजारमा ल्याण्डलाइन फोन जोडिएपछि सेवाग्राही खुसी ब्यक्त गरेका छन् ।

मादी नगरपालिका प्रमुख विदुरकुमार लिङ्थेपका अनुसार फोन नजोडिँदा विभिन्न नामका इन्टरनेट सेवा प्रदायक संस्थाले चर्को मूल्य असुले पनि प्रभावकारी सेवा दिन सकिएको थिएन ।