प्रदेश १ को नीति तथा कार्यक्रम पारित

Newslaya Home

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

मङ्गलबार २१, जेठ २०७६

विराटनगर । बुधबार प्रदेश १ को सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम मन्त्रीपरिषदको बैठकले मंगलबार पारित गरेपछि बुधबार प्रस्तुत हुने पक्का भएको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सम्पन्न मन्त्रीपरिषद् बैठकले नीति तथा कार्यक्रम, मुख्यमन्त्री कप फुटबल प्रतियोगिता कार्यविधी २०७६ सहित कुल १९ वटा विभिन्न कार्यविधीलाई एकैसाथ स्वीकृत गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार कृषितर्फ अलैची खेती तालिम कार्यक्रम सञ्चालन कार्यविधी २०७६, कृषिबजार तथा संकलन केन्द्र निर्माण कार्यविधी २०७६, कफी खेती, किवी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधी २०७६ लाई पनि प्रदेश सरकारले स्वीकृत गरेको जानकारी दिए।

त्यसैगरि च्याउ तथा माहुरी विकास कार्यक्रम कार्यविधी, कपास कागती खेती प्रवर्द्धन कार्यक्रम कार्यविधी, सुन्तला जात बगैंचा व्यवस्थापन आयोजना कार्यविधी पनि स्वीकृत गरिएको छ ।