मोटरसाइकलको ठक्करबाट झापाकी रञ्जनाको मृत्यु

Newslaya Home

मोटरसाइकलको ठक्करबाट झापाकी रञ्जनाको मृत्यु

मङ्गलबार २१, जेठ २०७६

विर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–२ धरमपुर चौकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक युवतीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको १० प ८१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मे ७ प १६८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा शिवसताक्षी–१ की २७ बर्षीया रञ्जना खनालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक बिर्तामोड–५ का १७ वर्षीय मौसम पाण्डे सामान्य घाइते भएका छन् ।