झापामा आगलागी हुँदा ५ लाख बराबरको क्षति

Newslaya Home

झापामा आगलागी हुँदा ५ लाख बराबरको क्षति

सोमबार २०, जेठ २०७६

झापा । अर्जुनधारा –८ का गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आइतवार राती पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएको हो ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।