इटहरीमा खुल्यो इस्टर्न प्यालेस

Newslaya Home

इटहरीमा खुल्यो इस्टर्न प्यालेस

शनिबार ११, जेठ २०७६

इटहरी । इटहरीमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ । इस्टर्न प्यालसेको नामबाट होटल सञ्चालनमा आएको हो ।

इटहरी ४ शान्ति चौकमा बैदेशिक रोजगार बाट फर्कीएका दुर्गा थापाले होटल खोलेका हुन् । शनिवार भब्य कार्यक्रमका बिच प्रतिनिधिसभा सांसद योगेश भट्टराईले होटलको उद्घाटन गरेका छन् । होटलको चारतले भवनमा १३ वटा कोठा छन् ।

हाईवे भन्दा केही भित्र शान्त ठाउँमा रहेकोले होटल इटहरी आउने आगन्तुकहरुको लागि आकर्षणको रुपमा रहने विश्वास थापाले व्यक्त गरे ।

ग्राहकको चाहना अनुसारका परिकारहरु बनाउने र ग्राहकलाई सन्तुष्ट हुने गरी सेवा दिने बताउँदै थापाले इटहरीका अन्य होटल भन्दा सुविधाजनक र सरल तरिकाले सेवा प्रदान गर्ने विश्वास दिलाए ।

होटल उद्घाटन पछि बोल्दै प्रतिनिधिसभा सांसद योगेश भट्टराईले प्रदेश नं १ मा पर्यटकीय दृष्टिकोणले ठुलो सम्भावना रहेको बताए । उनले इटहरीमा होटल व्यवशायको राम्रोे सम्भावना रहेकोले प्रदेश तथा केन्द्रिय सरकारले पनि सोहीअनुसार प्रबद्र्धन गर्न सुझाव दिए ।