२०७६ जेठ ११ गते शनिबारको राशिफल

Newslaya Home

२०७६ जेठ ११ गते शनिबारको राशिफल

शनिबार ११, जेठ २०७६

मेष । कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । लाभदायक तर खर्चिलो यात्रा रहला । आँटेको कार्य पुरा हुनेछ ।

वृष । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अचल सम्पत्ति हात पर्ने योगछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

कर्कट । श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

सिंह । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कन्या । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।

तुला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ ।

वृश्चिक । भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

धनु । रोकिएको धन पाइएला । राजनीति अधिकारमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर । पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ । सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मीन । पदोन्नतीको सम्भावना प्रवलछ । राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।