बेपत्ता भएका भनिएका विपिन काठमाडौ र वीरगन्जमा भेटिए !

Newslaya Home

बेपत्ता भएका भनिएका विपिन काठमाडौ र वीरगन्जमा भेटिए !

सोमबार ०६, जेठ २०७६

काठमाडौ । काठमाडौबाट हराएका भनिएका इटहरीका विपिन देव काफ्ले भेटिएको सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले दावी गरेका छन् ।

एक हप्तादेखि वेपत्ता भएका भनेर परिवारले निकै ठूलो हल्लीखल्ली गरेपनि अन्ततः उनी सकुशल भेटिएको भन्दै फेसबुकमा विभिन्न व्यक्तिले पोष्ट गर्न थालेका छन् । उनी अपहरणमा परेको वा कतै दुर्घटनामा परेर बेपत्ता भएको अनुमान परिवारले गरेको थियो । तर यो खबर बाहिरिएलगत्तै विभिन्न ठाउँमा उनलाई देखिएको बताइएको छ ।

बा ९१ प २५५० नम्बरको स्कुटर सहित उनि कार्यरत अग्नी ग्रुपको अफिस जान भनि घरबाट हिडेका काफ्ले घर नफर्किएपछि परिवारले चिन्ता व्यक्त गरेको थियो ।

तर उनको स्कुटरको नम्बरसहितको सुचना कान्तिपुरमा प्रकाशन भएपछि मनोज श्रेष्ठले एउटा फोटो शेयर गर्दै कान्तिपुरमा हराएको भनिएको व्यक्ति चोभारमा देखिएको फोटोसहित स्टाटस हालेका थिए ।

यस्तै उनलाई साथीले वीरगन्जमा भेटेर राखेको भन्दै अर्को फोटोसहितको जानकारी सुशान्त बुढाथोकीले शेयर गरेका छन् भने अर्की एक युवतीले पनि विपिन वीरगन्जमा भेटिएको र यो कुरा विपिनकी दिदीले पनि पुष्टि गरीसकेको लेखेकी छिन् ।

घरमा परिवारलाई पीडामा राखेर कसरी घुम्न सकेको होला भन्दै उनको आलोचनासमेत हुन थालेको छ ।

यी सबै घटनाक्रमले विपीन कुनै ठूलो दुर्घटनामा परेको नभई घर छाडेर सम्पर्क विहिन मात्र भएको अनुमान गरिएको छ ।

(उनी भेटिएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । अपडेट - ९ः३० बजे)

उनी पाँच दिनदेखि सम्पर्क विना बेपत्ता भएपछि उनकी श्रीमतीले यस्तो स्टाटस लेख्दै खोजिदिन आग्रह गरेकी थिइन् :
आज ५ दिन बिती सग्दा पनि आज सम्म कही कतै बाट खबर आएको छैन । मन आतिएको छ रोएको छ परिवार मा पिडा कती छ कत्ती। ।काहा द्वेखु काहा भेटु एक पल्ट स्वर सुनौ भको छ ?कहाँ जाउ काहा कहाँ खोजु? प्रहरि ले नि खास चासो नराख्दो रैछ ?म सबै सँग हात जोडेर बिन्ती गर्छु मेरो वहाँ लाई खोज्न सहयोग गरिदिनुहोस?? यस्तो दिन आउला सोचेको थिन? भगवान घर फर्काई दिनुहोस

तर उनै श्रीमतीले हिजो आफ्ना श्रीमानलाई भेटिएको खबर पाएको भन्दै स्टाटस लेखेकी थिइन् :
मेरो श्रीमान बिपिन काफ्ले एक्कासी हराउनु भएको आज ६ दिन पछी बल्ल एउटा प्रमाण फेला परेको छ । सिसी क्यामेरा को फुटेज मार्फत वहाँ कलन्की बाट नाग्ढुङा तिर स्कुटर मा एक्लै हिन्दै गरेको भिडियो देख्न पायौ । अस्ती हामी ले गलत सुचना पाएका रहेछौ । जुन भिडियो हामी ले हेर्यौ त्यो भिडियो शेयर गर्न मिल्दैन रे सरकारी नियम अनुसार । भएर थान्कोट लगायत तेता तिर को लोकेसन मा हुनु हुने लगायत सम्पुर्ण सङ मेरो बिन्ती छ के कसरी वहाँ लाई फेला पार्न सकिन्छ । कती तरिका वा उपाय हरु हुन्छ्न होला जुन हामी लाई थाहा छैन । जान्ने बुझ्ने हरु सबै जनाले हामी लाई आफ्नै घर को सदस्य चेली,आमा बाबा सम्झेर जाने जती बुजे जती सबै उपाय्
अप्नाएर हामी लाई सहयोग गरी दिनुहोस? । ।