२०७६ जेठ ५ गते आइतवारको राशिफल

Newslaya Home

२०७६ जेठ ५ गते आइतवारको राशिफल

आइतबार ०५, जेठ २०७६

मेष । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । सहकर्मीबाट विरोध आउला ।

बृष । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

मिथुन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

सिंह । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । अनावश्यक यात्रा हुनेछ ।

कन्या । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

तुला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ ।

धनु । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बेलुकीपख नियमित खर्चसमेत बढ्ने योग छ ।

कुम्भ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

मीन । धन वृद्धिको योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योगपनि रहेको छ