२०७६ बैशाख २६ गते बिहीबारको राशिफल

Newslaya Home

२०७६ बैशाख २६ गते बिहीबारको राशिफल

बिहीबार २६, बैशाख २०७६

मेष । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । बैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ ।

वृष । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ रहला ।

मिथुन । रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

कर्कट । सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंह । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

तुला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृश्चिक । दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । काममा ढिलासुस्ती हुनेछ ।

धनु । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।

कुम्भ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

मीन । मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला ।