आइतबार किन खुलेनन् देशभरका सरकारी वेवसाइट

Newslaya Home

आइतबार किन खुलेनन् देशभरका सरकारी वेवसाइट

आइतबार २२, बैशाख २०७६

काठमाडौं । सिस्टम डाउन भएपछि देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् ।

सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएको छ । डोमेन नेम सर्भर (डीएनएस)मा भएको समस्याले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको छ । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार सर्भर डाउनको समस्या बारम्बार देखिने गर्छ । आइतबारको समस्या तत्कालको लागि समाधान भएपनि मुख्य सर्भरमा निर्भर केही सरकारी वेबसाइटहरु अझै खुलेका छैनन् ।