२०७६ बैशाख १९ गते बिहीबारको राशिफल

Newslaya Home

२०७६ बैशाख १९ गते बिहीबारको राशिफल

बिहीबार १९, बैशाख २०७६

मेष । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अवसरहरू गुम्न सक्छन् ।

वृष । परिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला ।

कर्कट । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह । मनमा निरासा र शरीरमा आलस्य आउला । गरेका कार्यमा बाधा आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

कन्या । शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

तुला । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

धनु । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

कुम्भ । कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा शत्रु क्षयपनि होलान् ।

मीन । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । लाभदायक यात्रा हुनेछ ।