२०७६ वैशाख १८ गते बुधबारको राशीफल

Newslaya Home

२०७६ वैशाख १८ गते बुधबारको राशीफल

बुधबार १८, बैशाख २०७६

मेष । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृष । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

मिथुन । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।

कर्कट । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

सिंह । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

कन्या । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

तुला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

बृश्चिक । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

धनु । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

कुम्भ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

मीन । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।