​भारतमा टिकटक प्रतिबन्धको माग !

Newslaya Home

​भारतमा टिकटक प्रतिबन्धको माग !

बिहीबार २१, चैत २०७५

नयाँ दिल्ली । भारतमा चिनियाँ मनोरन्जनात्मक एप टिकटक प्रतिबन्धको माग गरिएको छ । मद्रासको उच्च अदालतले केन्द्र सरकारलाई टिकटक प्रतिबन्ध लगाउन माग गरेको हो ।

टिकटकमा यौन सामाग्रीहरु समावेश गरिएका कारण बालबालिकामा नकरात्मक असर पर्ने भएकाले उक्त एप प्रतिबन्ध गरिनुपर्ने अदालतको भनाइ छ ।

इन्डोनेसिया र बंगलादेशमा टिकटक प्रतिबन्ध भइसकेको छ भने अमेरिकामा यसबारे नयाँ नियम बनाइएको छ ।

दुई महिनाको छलफलपछि बुधबार मद्रासको उच्च अदालतले यस्तो फैसला गरेको हो । टिकटक भारतमा सर्वाधिक प्रचलित एप हो ।

यस एप बलिउड अभिनेता, अभिनेत्री, राष्ट्रिय खेलाडीदेखि सर्वसाधारणमाझ प्रचलित छ ।