​‘संस्कृति र प्रकृति देखाएरै प्रदेश समृद्ध’ : संस्कृतिविद् डा. भक्त राई (भिडियो अन्तर्वार्ता)

Newslaya Home

​‘संस्कृति र प्रकृति देखाएरै प्रदेश समृद्ध’ : संस्कृतिविद् डा. भक्त राई (भिडियो अन्तर्वार्ता)

सोमबार १८, चैत २०७५

इटहरी । संस्कृतिविद् डा. भक्त राईले संस्कृतिको संरक्षण र विकासका लागि स्थानिय, प्रदेश तथा केन्द्र सरकार आफै सक्रिय हुनुपर्ने बताएका छन् ।
 
न्युजलयलाई अन्तर्वार्ता दिँदै उनले आफूले प्रदेश १ को संस्कृति विकासको लागि प्रदेश सरकारको आग्रहअनुसारको प्रस्तावसमेत पेश गरेको बताउँदै सहकार्य हुनेमा आशा व्यक्त गरे । 

उनले संस्कृति र प्रकृति हेर्न विदेशीहरु नेपाल आउने हुँदा हामीले संस्कृति र प्रकृति बेचेर प्रदेशको मुहार फेर्न सकिने दावी गरे । ‘पर्यटकहरु जे हेर्न आउँछन्, त्यो जगेर्ना गरिदिए हामी पर्यटक भित्राएर पैसा कमाउन सक्छौं,’ उनले भने, ‘त्यसको लागि हामीले पहिले संस्कृतिको विशेषता बुझ्नुपर्छ ।’

उनले धेरै स्थानीय तहहरुले बाटो, खानेपानी, बत्ति, स्वास्थ्यचौकी लगायतलाई प्राथमिकता दिएको बताउँदै संस्कृतिलाई आर्थिक उपार्जनसँग जोडेर बेच्न सकिने अवधारणा व्यक्त गरे ।
उनले स्थानिय तहहरुमा साना साना कटेज उद्योगहरु स्थापनामा जोड दिए । यस्तै स्वदेशी मदिरालाई करको दायरामा ल्याएर उत्पादन गरेर बेच्न सुझाव दिए । यस्तै सगरमाथाको पानीलाई विश्वभर बेच्न सकिने बताए । यस्तै उनले प्रदेशमा उत्पादित सामाग्री प्रदेशभरी नै बेच्ने हो भने पनि प्रदेश समृद्ध हुने बताए ।

उनले अर्को एक प्रसंगमा संस्कृतिहरु समयअनुसार परिवर्तन गर्न सकिने बताउँदै भगवानले मानिसलाई नभई मानिसले भगवान बनाएको र यो क्रम जारी रहेको बताए ।