​मिस्टर एण्ड मिस टिन पूर्वाञ्चलको पहिलो अडिसन सम्पन्न

Newslaya Home

​मिस्टर एण्ड मिस टिन पूर्वाञ्चलको पहिलो अडिसन सम्पन्न

बिहीबार १४, चैत २०७५

विराटनगर । मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१९ को दोस्रो सिजनको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगरको मेरील्याण्ड कलेजमा आयोजना गरिएको पहिलो अडिसन अडिसनमा युवायुवतीहरुको राम्रो सहभागिता रहेको थियो ।

अडिसनको निर्णायकमा ओबि मिडिया प्रालिका निर्देशक तथा युवा अभियानकर्मी विवेक दाहाल , मेकअप आर्टिस सुशील स्वेक्छा, सानिमा इन्स्योरेन्सका विराटनगर प्रमुख सन्तोष आचार्य , कोरियोग्राफर सपना राजवंशी , शिक्षिका सन्जु शाक्य र फेसन डिजाइनर जिनु श्रेष्ठ रहेका थिए ।

कार्यक्रमको दोस्रो विराटनगर अडिसन पनि चाडै आयोजना हुने साथै विर्तामोड , इटहरी लगायतका ठाउँमा पनि अडिसन गरिने कार्यक्रमका चेयरमैन नवनित राज प्रधानले जानकारी दिएका छन् ।