​२०७५ चैत्र १३ गते बुधबारको राशिफल

Newslaya Home

​२०७५ चैत्र १३ गते बुधबारको राशिफल

बुधबार १३, चैत २०७५

मेष । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ ।

वृष । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । अरुको मन जित्न सकिनेछ ।

मिथुन । दैनिक कार्यमा प्रगति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

कर्कट । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

सिंह । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कन्या । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ ।

तुला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक । आँटेको कार्य पुरा हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।

मकर । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।