​२०७५ चैत्र १२ गते मंगलबारको राशिफल

Newslaya Home

​२०७५ चैत्र १२ गते मंगलबारको राशिफल

मङ्गलबार १२, चैत २०७५

मेष । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । चुनौतीको सामनापनि गर्नुपर्ला ।

वृष । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन । रमणीय र सुखद् यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । कला एवं साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।

कर्कट । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

सिंह । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्रमा बाधा आउला ।


कन्या । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला । कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

वृश्चिक । विद्या र बुद्धिको विकास हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । फलदायी यात्रा नरहला ।

मकर । घरमा अतिथीको आगमन हुनेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साङगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ । शुभ समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योगपनि रहेको छ ।

मीन । उपहार पाइने सम्भावनाछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।